शाहरुखको फार्म हाउसमा आयकरको सिल

मुम्बई(एजेन्सी) । बलिउड किङ खान शाहरुख खानको अलीबागस्थित फार्म हाउसमा आयकर विभागले सिल गरिदिएको छ । विभागले खेती गर्ने भनेर किनिएको जग्गामा आलिसान घर बनाएको तथा घर बनाउन नियम उल्लंघनसँगै कागज फर्जी प्रयोग गरिएको आरोप लगाएको छ ।

आयकर विभागले घरलाई शंकाको घेरामा राख्दै सिल गरिदिएको छ र ९० दिनसम्म स्पष्टीकरण दिन शाहरुखलाई उर्दी दिएको छ । समाचार अनुसार शाहरुखले जग्गा किन्नका लागि पहिला एउटा कम्पनी स्थापना गरेका थिए ।  कम्पनीको नाममा उनले ८ दशमलब ४५ करोड रुपैंयाँको ऋण लिएका थिए । शाहरुखले ६ हेक्टर जमिनमा आफ्नो घर बनाएका छन् । यो विषयमा छनक पाएपछि आयकर विभागले उनीमाथि एक्सन लिएको थियो ।