करोड बढीले हेरे ‘कान्छी’ को ‘चरी चट्ट परी’

काठमाडौं । आगामी फागुन ४ गते रिलिज हुन लागेको फिलम ‘कान्छी’को ‘चरी चट्ट परी’ गीतले युट्युबमा एक करोड २६ हजार दर्शक पाएको छ । राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको गीतमा राजनराजलाई अञ्जु पन्तले स्वरमा साथ दिएकी छन् ।

गीतमा फिल्मकी निर्मात्री तथा नायिका स्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठलगायतका कलाकारले फिचरिङ गरेका छन् । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । आकाश अधिकारीले निर्देशन गरेको फिल्ममा याम थापाको लेखन, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको द्वन्द्व, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।

श्वेता खड्का र शैलेश खड्काको संयुक्त लगानी रहेको फिल्ममा कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्जवल बिनोद न्यौपानेको पनि अभिनय छ ।