वर्षदिन नपुग्दै तेजुलाको डिभोर्स

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल दम्पतीको डिभोर्स भएको समाचार सेलाउन नपाउँदै कला क्षेत्रकै एक नायिकाको डिभोर्स भएको छ । सुमनराज बस्नेतसँग गत २०७३ फागुनमा विवाह गरेकी नायिका तेजुला खतिवडाको शुक्रबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्धविच्छेद भएको हो ।

जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधिस अमृतबहादुर बस्नेतले उनीहरुको डिभोर्सको निर्णय सुनाएका थिए । फिल्ममात्र नभएर मोडलिङमा समेत आफ्नो पहिचान बनाएकी तेजुलाको के कारणले डिभोर्स भयो भन्ने कारण खुल्न सकेको छैन ।

सुमनराज जापानमा बस्दै आएका छन् । नायिका खतिवडाले ‘द मोष्ट वान्टेड’, ‘जष्ट फर यु’लगायतका आधा दर्जन फिल्म र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।