ट्वान्टी फस्र्टलभमा आश्मा र सरोजको जोडी

काठमाडौं । युट्युबमा सर्वाधिक रुचाइएको डान्स ग्रुप ‘कार्टुन क्रुज’ का मुख्य सदस्य आस्मा विश्वकर्मा र सरोज अधिकारीलाई लिएर टेलिभिजन सिरिज ‘ट्वान्टी फर्स्टलभ’ निर्माण भएको छ । सिरिज निर्माता एसियन म्युजिकले केहि दिनपछि नै टेलिभिजन तथा युट्युवमा रिलिज गर्ने जनाएको छ । सिरिजको ट्रेलर बुधबार राजधानीमा सार्वजनिक गरियो ।

म्युजिकका इश्वर गुरुङले किशोरकिशोरीको प्रेम कथाको संग्रहको रुपमा आउने सिरिजको ट्रेलरमा युवापिँढीको प्रतिनिधित्व गर्ने दृश्यहरु जोडिएको बताए । ‘पछिल्लो पुस्तालाई लक्षित गरेर तयार पारिएको सिरिज सबैवर्गका दर्शकहरुको लागि मनोरञ्जनको खुराक बनेको छ,’ उनले भने,‘अहिलेको पुस्ताले रुचाएको आस्मा र सरोजलाई सिरिजमा देख्दा उनीहरु पक्कै खुशी हुनेछन् ।’

सरिन पोखरेलको डेब्यु निर्देशन रहेको सिरिजमा मिलन शंकर र ज्ञानेन्द्र शर्माको छायांकन, अशोक मल्लको सम्पादन, अल्मोडा राना, मेलिना राई र शुभ तामाङको संगीत छ । मनोज जोशी प्रोडक्सन डिजाईनर टिममा दिपेन्द्र तामाङ र खगेन्द्र श्रेष्ठ सहनिर्माता छन् ।

सिरिजमा आस्मा र सरोजसँगै अनुष्का अधिकारी, संयोग हुमागाईं, निशान्त सुवेदी, रोशनी कार्की, विजय अधिकारी, दृष्टी श्रेष्ठ, लक्ष्मी गिरी, रश्मी भट्ट, पवन शाक्य, खगेन्द्र श्रेष्ठ, राधा श्रेष्ठ, अन्जन शर्मालगायतले अभिनय गरेका छन् । सिरिजको टेलिभिजन प्रदर्शन अधिकार कान्तिपुर टेलिभिजनले लिईसकेको छ ।