चौरासी पूजाको आमा प्यारी आमा

काठमाडौं । फिल्म ‘चौरासी पुजा’को गीत ‘आमा प्यारी आमा’ सार्वजनिक भएको छ । कुमुद इन्टरटेनमेन्टको युट्युब च्यानलमा रिलिज भएको गीतको कथा आमाको बारेमा छ। फिल्मको गीत प्रस्तुत ,वितरण र पोस्ट प्रोडक्सन कुमुद इन्टरटेनमेन्ट युकेको रहेको छ । यो कम्पनीका निर्देशक कुमुद पन्त हुन् ।

गीतमा राजन श्रेष्ठ र माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको संगीत र जानकी पन्त जुनको शब्द छ ।

भिडियोमा निर्देशन, निर्माण, छायांकन र सम्पादन कुमुद पन्तको छ। भिडियोमा फिल्मकै कलाकारहरुको अभिनय छ ।

फिल्ममा विद्यावती पन्त, कुमुद पन्त निलु पन्त, जानकी पन्त, पुष्प पन्त, युवराज पन्त, शारदा पन्त, विष्णु पन्त, डिला पन्त, दुर्गा पन्त, वसन्ती पन्त, प्रकृति पन्तलगायतको अभिनय छ । फिल्म चाँडै रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

यो गीतको छायांकन स्थान लन्डन ब्रिज,लन्डन, डर्डल डोर डोर्सेट र एल्डरशटमा गरिएको छ । दाङको टेरौटेमा जन्मिएका कुमुद फिल्मी अभिनय र निर्देशनमा सक्रिय छन्। उनले हालसम्म १०० भन्दा बढी फिल्म, सर्ट फिल्म, म्युजिक भिडियो र टिभी सिरिजमा अभिनय गरिसकेका छन् ।