सीआइडीका दिनेशलाई हृदयघात

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन च्यानलको प्रख्यात शो ‘सीआइडी’मा इन्स्पेक्टर फेडरिक्सको भूमिका निभाउने अभिनेता दिनेश फडनिसलाई शुक्रबार हृदयघात भएको छ । हृदयघातपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
परिवारका अनुसार दिनेशलाई हाल भेन्टिलेटरमा राखिएको छ । उनको शरीरले सकारात्मक प्रतिक्रिया दिइरहेको जनाएका छन् ।

५७ वर्षीय दिनेशलाई मुम्बईको तुंगा अस्पतालमा भर्ना गरिएको छ । दिनेशले सन् १९९८ बाट सुरु भएको ‘सीआइडी’बाट पहिचान भएका थिए । उनलाई इन्स्पेक्टरको चरित्रमा अभिनय गराइए पनि विशेषत कमेडियन अभिनयले दर्शकमाझ छाप छोडेका थिए । यो शो सोनीमा सन् २०१८ सम्म प्रसारण्(ा भएको थियो ।

कोभिड लकडाउनको समयमा पनि शोको केही भाग पुनः प्रसारण गरिएको थियो । दिनेश यो शोका अलावा मराठी फिल्मका पनि प्रमुख हिस्सा हुन् ।