एनिमलले बलिउडलाई सिकाएको ७ पाठ

मुम्बई(एजेन्सी) । सन् २०२३ बलिउडका लागि एतिहासिक वर्ष रह्यो किनकी धेरै फिल्मले कीर्तिमानी व्यापार गरे । तर प्रदर्शनरत फिल्म ‘एनिमल’ को ब्लकबस्टर सफलताले फिल्म उद्योग र व्यापारलाई स्तब्ध बनाएको छ । अत्याधिक हिंसा र वयस्कले मात्र हेर्न मिल्ने यो फिल्मले हिन्दी फिल्मको इतिहासमा सबैभन्दा बढी कमाई गर्न कसरी सम्भव छ भनेर उनीहरु व्याख्या विश्लेषण गर्न सक्षम छैनन् । यहाँ ‘एनिमल’ले बलिउडलाई सिकाएका ७ वटा पाठ प्रस्तुत गरिएको छ ।

फिल्मले सबै वर्गका दर्शकलाई आकर्षित गर्न आवश्यक छैन
अनादिकालदेखि यो विश्वास थियो कि सफा, विश्वव्यापी फिल्महरुले मात्र ब्लकबस्टर बन्ने मौका पाउँछ । ‘एनिमल’ले यो धारणालाई भत्काएको छ । भारतका धेरै स्थानमा केवल पुरुष दर्शकहरुमात्र यो फिल्म भीडका साथ आउने गरेका छन् । फिल्मले बालबालिका, परिवार र महिला दर्शक बिना पनि नयाँ रेकर्ड गर्ने बाटोमा यात्रा तय गरिरहेको छ ।

३ घण्टा बढी समयको फिल्म पनि सफल हुनसक्छ
कुनै समय फिल्मको लम्बाई ३ घण्टा बढी हुने गथ्र्यो । यद्यपि वर्षौ पछि दर्शकहरु समयको अभावले छोटो समयको फिल्म हेर्न रुचाउँछन् भन्ने धारणा सिर्जना भयो । जसले गर्दा फिल्म दुई घण्टा ३० मिनेटभन्दा बढीको हुनुहुँदैन भन्ने शैली सुरु गरियो । त्यही कारण करण जोहारले आफ्नो फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को लम्बाई आफ्नो धर्मा प्रोडक्सनको लोगोसहितको थिम म्युजिकको भाग काटे । अधिकांशले लामो समयावधिको फिल्मले कममात्र शो पाउँछ भन्ने धारणा राखेका थिए । तर ‘एनिमल’ ३ घण्टा २३ मिनेट लामो छ । तर २ घण्टा लामो फिल्मको जतिको शो नभए पनि ब्लकबस्टर व्यापार गरिरहेको छ । यदि फिल्ममा पर्याप्त खानेकुरा छ भने दर्शकहरु ३, ४ घण्टा समय खर्चन तयार हुन्छन् भन्ने उदाहरण यो फिल्मले दिएको छ ।

सोसियल मिडियाको ट्रोलिङले फिल्मलाई धेरै असर गर्न सक्दैन
आजको समयमा धेरै कलाकारहरु र पीआरहरु सामाजिक सञ्जालमा आलोचना गर्न डराउँछन् । ‘एनिमल’को हकमा यसको केही दृश्य र संवादमा आपत्ति जनाउँदै सामाजिक सञ्जालमा तिब्र आलोचना भएको थियो । बक्सअफिसको तस्वीर हेर्दा जति आलोचना भए पनि आर्थिक संकलनमा कुनै कमि आएको छैन । बरु आलोचनाले धेरै दर्शकलाई फिल्म हेर्न बाध्य बनाएको छ ।

कुनै फिल्म गैर–बिदामा पनि ब्लकबस्टर बन्न सक्छ
‘एनिमल’ नन–होलिडे शुक्रबार र नन होलिडे विकेन्डमा रिलिज भएको थियो, तै पनि हिन्दी संस्करणले शुक्रबार र शनिबार ५० अंकले र आइतबार ६० करोड अंकले व्यापार गर्यो । यसले फिल्मबाट राम्रो पैसा कमाउन कुनै विदा या चाडपर्व पर्खिरहनु पर्दैन भन्ने देखाएको छ । राम्रो कथा र राम्रो प्रचार गरेमा फिल्म चल्छ भन्ने उदाहरण यो फिल्मले देखाएको छ ।

कुनै फिल्म ब्लकबस्टर मूल्य बिना नै ब्लकबस्टर बन्नसक्छ
‘एनिमल’का निर्माताहरु मल्टिप्लेक्स र थिएटरहरुलाई ब्लकबस्टर मूल्यहरुमा टिकट बेच्न आग्रह गर्नुको साटो लोकप्रिय मूल्यमा निर्धारण गर्न रोजे । अर्को अर्थमा ‘टाइगर ३’, ‘पठान’ र ‘जवान’को टिकटको दर कम थियो । जसकारणले गर्दा धेरै थिएटरका दरहरु तुलनात्मक रुपमा उचित र आम मानिसको पहुँचमा थिए । यसले धेरै दर्शकहरुलाई दोहो¥याएर हेर्ने विकल्प रोज्न प्रोत्साहन पनि दियो । जसले गर्दा संकलनमा वृद्धि भयो । यदि फिल्मको विषयवस्तु नै बलियो छैन भने जति नै टिकट दर बढाए पनि त्यसले सुखद परिणाम दिँदैन भन्ने यो फिल्मले देखाएको छ ।

गुजरातका दर्शकहरु एडल्ट फिल्म हेर्न तयार छन्
वर्षौदेखि गुजरात एक रुढीवादी राज्य हो भन्ने कुरामा विश्वास गरिन्थ्यो । जहाँ एडल्ट फिल्मलाई ‘नो–नो’ गरिन्थ्यो । तर ‘एनिमल’ले त्यो मिथकलाई तुरुन्तै तोड्यो । देशका अन्य भाग जस्तै सुख्खा राज्यमा पनि सन्दीप रेड्डी भांगाको फिल्म हेर्न दर्शकको भीड लाग्यो ।

रणवीर कपूर एक सुपरस्टार हुन्
‘एनिमल’को पोस्टरमा ‘सुपरस्टार रणवीर कपुर’उल्लेख गर्नु जोखिमपूर्ण थियो । तर फिल्म रिलिजसँगै जोखिम हट्यो । रणवीर एक उदाउँदो तारा थिए र ‘एनिमल’सँगै उनी एक सुपरस्टार हुन् भन्ने कुरा प्रमाणित गरिदिए ।