अभिनेता श्रेयसलाई हृदयघात

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता श्रेयस तलपडेलाई हृदयघात भएको छ । ४७ वर्षे श्रेय अक्षय कुमारका साथ फिल्म ‘वेलकम टू जंगल’को सुटिङमा व्यस्त थिए । सुटिङ सकिएपछि अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि उनको एन्जियोप्लास्टी गरिएको थियो ।

परिवारका अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ । हाल उनलाई हाइसियूमै राखिएको छ । फिल्मको सुटिङ पुरा गरेपछि उनी घर फर्किएका थिए । घर पुगेपछि उनले असहज महशुस गरेका थिए ।

फिल्म युनिटका एक सदस्यका अनुसार दिउँसो उनी ठीक अवस्थामा थिए । सेटमा सबैसँग हसीमजाक गरिरहेका थिए । उनले एक्सनसहितको एक दृश्य पनि सुट डरेका थिए ।

घर फर्किएपछि उनले श्रीमतिलाई आफूलाई असहज महशुस भएको बताएका थिए । त्यसपछि उनलाई अँधेरी क्षेत्रको बेल्लेवुए अस्पताल लगिएको थियो । तर अस्पताल लैजादै गर्दा उनी बाटैमा बेहोस भएका थिए । अस्पताल पुगेपछि डाक्टरले उनलाई हृदयघात भएको बताएका थिए ।

फिल्म ‘वेलकम टु जंगल’ मा अक्षय कुमार, सुनील शेट्टी, अरशद वारसी, परेश रावल, जोनी लिवर, राजपाल यादव र तुषार कपूरलगायतको अभिनय छ ।