खजुरे ब्रो सुन्दा हर्कको हाँसो

काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्रि प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरिरहेको छ । कमेडी जनरामा बन्ने फिल्मको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका थिए।

नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायांकन गर्ने फिल्म माघ पहिलो साताबाट फ्लोरमा जानेछ। फिल्ममा काम गर्ने कलाकारहरुको बारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन।

निर्माण टिमले धरानका मेयर हर्क साम्पाङ्गलाई भेटेको छ। हर्कले खजुरे ब्रो को कथा सुनेर मज्जाले हाँसेको कुरा कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए। धरानमा छायाँकनको लागी आफ्नो सम्पूर्ण साथ रहने समेत मेयर हर्कले बताएका छन्।

अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरंजन दिने उदेश्यका साथ फिल्म निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए। फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। हेम चन्द्र राई र सतिश राई स्थानीय को(अर्डिनेटर रहेका छन्। फिल्मको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौँमा हुनेछ।