क्यान्सरबाट भारतीय मोडल पुनम पाण्डेको निधन

मुम्बई(एजेन्सी) । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनका सर्वाइकल क्यान्सरबाट फेब्रुअरी १ को राती निधन भएको हो । उनका निधनको बारे पुनको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा फेब्रुअरी २ को बिहान जानकारी दिइएको हो ।

३२ वर्षीया पुनमले कानपुरस्थित निवासमा अन्तिम श्वास फेरेकी थिइन् । ‘यो बिहान हाम्रा लागि कठिन छ । तपाईंलाई यो कुरा बताइरहँदा हामीलाई दुःख लागेको छ कि हामीले प्यारी पुनमलाई सर्वाइकल क्यान्सरबाट गुमायौं । जो मानिस उनको सम्पर्कमा आए, उनीहरुबा उनले माया पाइन् । दुःखको यो घडीमा हामी गोपनियताको अनुरोध गर्दछौं र हामीसँग बाडिएका हरेक कुराका लागि उनलाई प्रेमपूर्वक सम्झनेछौं’, इन्स्टाग्राममा लेखिएको छ ।

पुनमले सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी बलिउडको विवादास्पद मोडलका रुपमा परिचित थिइन् ।