तिमी मेरो जिन्दगीमा मिराज र प्रमिलाको रोमान्स

काठमाडौं । गायक मिराज कोइरालाको स्वरमा रहेको गीत ‘तिमी मेरो जिन्दगी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. आरसी कोइराला ‘रामचन्द्र’को शब्द, एम ए रहमान(बंगलादेश)को संगीत छ ।

आरसीद्वारा निर्देशित भिडियोमा गायक तथा मोडेल मिराज कोइराला र कलाकार तथा मोडेल प्रमिला रिजाल फिचर्ड छन् ।

आर एस फिल्मस म्युजिक अफ नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा दुवैलाई प्रेमिल भावमा देखाइएको छ । भिडियो ग्रीसको समुन्द्री तटमा खिचिएको हो । भिडियोमा रुपिन डङ्गोलको छायाङ्कन एवं मिलन विश्वाकर्माको सम्पादन छ ।