विनय र अञ्जनाको एक्स लभर

काठमाडौं । गायिका अन्जाना सारुसँगै विनय कार्कीको स्वर रहेको ‘एक्स लभर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा विनयको शब्द, आयन न्यौपानेको संगीत र राजन इशानको एरेन्ज छ ।

भिडियोमा करन गुरुङ र बिना राउतको अभिनय रहेको छ । भिडिओमा दुई पूर्व प्रेमीको बिचको माया प्रेमलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा नितिन चन्दको निर्देशन छ ।