यदुको चिया पिउने बहाना

काठमाडौं । गायक यदु सुवेदीको स्वरमा रहेको गीत ‘चिया पिउने बहाना’ को भिडियो सार्वजनिक भएको छ । गीतमा अनिश ओकिलीको शब्द तथा संगीत र जेम्स प्रधानको संगीत संयोजन रहेको छ ।

भिडियोमा गायक यदु र मोडल रेनुका आले मगर फिचर्ड छन् । दिनेश ठकुल्लाको निर्देशन रहेको भिडियोको छायांकन नरेश ऐरले गरेका हुन् ।

भिडियोको सम्पादन राजेश कुमारले गरेका छन् । भिडियो गायकको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।