आठ वर्षपछि प्रदीप–सुदर्शन सहकार्य

काठमाडौं । फिल्म ‘प्रेम गीत’ मा काम गरे पछि निर्देशक तथा निर्माता सुदर्शन थापा र अभिनेता प्रदीप खड्का छुट्टिए । यी दुइले यो सफल फिल्म पछि एक साथ सहकार्य गरेका छैनन । तर अब करिब एक दशक पछि भने यी दुई एक साथ अघि आउन लागेका छन् ।

सामाजिक सन्जालमा सम्झौता पत्र हस्ताक्षर समेत गरिएको कागज साथै प्रदीप र सुदर्शनले एक अर्काका साथ खिचिएको तस्विर सेयर गरेका छन् । सुदर्शन थापा प्रोडक्सनको लोगो देखिए पनि यी दुईले के कामका लागि सहकार्य गर्न लागेका हुन त्यो खुलाईएको छैन ।

सुदर्शनले आठ बर्ष पछिको मीठो भेटघाट बन्दै तस्विर सेयर गरेका छन् । सुदर्शनको आगामी फिल्म ‘रावायण’ वैशाखको दोस्रो साताबाट छायांकन हुँदैछ ।