मन बिनाको धन ठूलो कि धन बिनाको मन बनाउँदै टंक

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले फिल्म ‘‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बनाउने भएका छन् । एक समय उनी र अशोक दर्जीले गाएको यो चर्चित गीतलाई लिएर फिल्म बनाउन लागेका हुन् । बिहीबार चलचित्र विकास बोर्डमा फिल्मको निर्माण इजाजत लिएका छन् ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने फिल्ममा निर्मातामा विनय अधिकारी रहेका छन्। अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्मको पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् ।

फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ । नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा निर्देशक बुढाथोकीले जानकारी दिएका छन् । फिल्म २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।

फिल्ममा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु फिल्ममा समावेश हुनेछ ।