भिडियो पसल एपमा एक भगवत् एक गीता

काठमाडौं । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको फिल्म ‘एक भगवत् एक गीता’ भिडियोपसल एपमा रिलिज गरिएको छ । नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको उक्त फिल्म नेपाल बाहिरबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ ।

फिल्म लैङ्गिक अल्पसङ्ख्यक समुदाय र मधेसको कथावस्तुमा निर्माण गरिएको हो । यो फिल्मले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको जनाइएको छ ।

झरना थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, सुहाना थापा र धिरज मगर सँगै कबिर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धिरज ठाकुरको पनि अभिनय रहेको छ । सुनिलकुमार थापाको निर्माणमा बनेको फिल्मको कथा निर्देशक झरना थापाको रहेको छ ।

नयाँ वर्षको माहौलमा विदेशमा रहनु हुने दर्शकहरूका लागी फिल्म राम्रो कोशेली हुने भिडियोपसलका संस्थापक निश्चल पाण्डे बताउँछन् । बिशेषत विदेशमा सब परिवार एक साथ नेपाली फिल्ममा रमाउने हुँदा उक्त चलचित्र सम्पूर्ण वर्गका दर्शकको लागी फिट हुनेमा उनी बिश्वस्त छन् ।

सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई ४क गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

२०१७ देखि सञ्चालनमा रहेको भिडियो पसलमा ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका फिल्महरू हेर्न सकिन्छ । एपमा फिल्मसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।