सजिना र धीरजलाई उपाधि

काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनलको उपाधि जितेका छन् । प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन् । त्यस्तै पुरुषतर्फ क्षितिज श्रेष्ठ क्षत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भए ।

महिलातर्फ रजिता पराजुली फस्र्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने पुरुषतर्फ मिलन भट्टराई र सन्देश सिटौला क्रमशः फस्र्ट रनरअप र सेकेन्ड रनर अप बनेका छन् ।
सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन् । महिला र पुरुष मोडलहरु संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए ।

फिनालेमा विभिन्न २० वटा विधामा प्रतिस्पर्धा भएको थियो । दिक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनालेको मुख्य जुरीमा डाक्टर सन्तोष उपाध्याय, प्रिया सिग्देल, पुष्प खड्का, लक्ष्मण गौतम, मधुसुधन अर्याल, दीपा गुरुङ, राजु केसी, विवेकसिंह ठकुरी र पुष्पा भुसाल थिए ।

फिनालेअघि प्रतियोगीहरुले विभिन्न चरणमा ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्डजस्ता विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए । फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्रदान गरियो । आयोजकका अनुसार, विजेता प्रतियोगीहरुलाई मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्टसमेत पठाइने छ ।