फुलाराको लोक देउडा साइनो मिटाइ गई

काठमाडौं । युवा लेखक एवम् गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई’ सार्वजनिक भएको छ । फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा देउडा गायक दीपेन्द्रप्रसाद दाहाल र गायिका टिका पुनको स्वर, दीपेन्द्रप्रसाद दाहालकै संगीत र भुवनप्रसाद बडुको संगीत संयोजन छ ।

म्यूजिक भिडियो लेखक फुलाराको आफ्नै आधारिकारीक युट्यूव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्पmत सार्वजनिक गरिएको हो । बासु डि. फुलारा पि.सी.को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण जुम प्रोडक्सन र रेकर्डिङ विग परिवेश स्टुडियो अनामनगरमा भएको हो ।

रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्यूजिक भिडियोमा ध्वनी मिश्रण जिवन बडु, अभिनयमा झरना बोहरा, सौगात ओझा र वीरबहादुर बोहरा रहेका छन् । त्यसैगरी छायाँङ्कनमा अमृत उपाध्याय, सम्पादनमा शंकर साउद, कलर संयोजनमा गणेश साउद र मेकअपमा निशा बोहराले गीतलाई थप आकर्षक बनाएका छन् ।