यदुको मेरी आमा

काठमाडौँ । आमाको मुख हेर्ने दिनको छेको पारेर यदु सुवेदीले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नो जन्म दिने आमा र सम्पूर्ण आमा प्रति समर्पित गीतमा शब्द रचना,संगीत र स्वर यदु सुवेदीको रहेको छ । सार्वजनिक गीतमा सुरज शिवाको संगीत संयोजन रहेको छ ।

दिनेश ठकुल्लाले निर्देशन गरेको भिडियोको छायांकन नरेश अयेरले गरेका हुन् भने सम्पादन र कलर टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियोमा मिथिला शर्मा र यदु सुवेदीको अभिनय रहेको छ । भिडियोमा आमा र छोराको सम्बन्धलाई चित्रण गर्न खोजिएको छ । आमाको लागि छोराले गर्ने त्यागको कथा भिडियोमा समाबेश छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरुलाई यो उपहार स्वरुप भिडियो सार्वजनिक गरेको गायक सुवेदीले बताए । भिडियो यदु सुवेदीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।