सम्हालेर राखेको छुमा गरिमा र सुरेन्द्र

काठमाडौं । जातीय विभेद मात्रै नभएर वर्गिय विभेदको खाडल झन्झन् बढ्दै गएको तितो यर्थात जगजायर छ । यो अवस्था हेर्दा समाज जति परिवर्तनशिल भए पनि मानिसहरुको चेतनाको स्तर अर्थात मानसिकता अझैं बदलिन सकेको छैन । यस्तो परिस्थितिमा प्रेम गर्ने जोडीहरू कि मर्नु परेको छ कि एक्लिनु परेको छ । यही भाव व्यक्त गर्ने सुरेन्द्र दियालीको ‘सम्मालेर राखेको छु’ बोलको गीतलाई गायक स्वरुपराज आचार्यले बजारमा ल्याएका छन् ।

गीतका शब्दले अत्यन्तै हृदयस्पर्शी भएकै कारण गाउन चाहेको बताए आचार्यले । उनले भने, ‘गीत प्रेमिल छ । विगतको पल सम्झिएर बाँच्नेहरु पनि धेरै छन् ।’

व्यापार, अभिनय र साामाजिक काममा सक्रिय गीतकार सुरेन्द्र गायक आर्चायको कुरामा सहमत राख्दै भने, ‘आफ्नै परिवेशको कथालाई गीतका शब्दमा उन्ने कोसिस गरेको हो । अब दर्शकको भयो ।’

नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन् ।

नवीन कार्कीको कम्पोज रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । उत्तम हुमागाइँको छायांकन तथा निर्देशन चल्तीका म्युजिक भिडियो निर्देशक निकेश खड्काले गरेका हुन् । गीत ओएसआर डिजिटलबाट बजारमा ल्याइएको हो ।