गायिका श्रेजुले ल्याइन् जय होस्

काठमाडौं । बाल गायिका श्रेजु वाग्लेको स्वरमा रहेको र्‍याप गीत ‘जय होस्’ सार्वजनिक भएको छ । शेखर वाग्ले(सिड)’को शब्द र संगीत रहेको गीतमा डीजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

विकास प्रसाईको निर्देशन रहेको भिडियोमा गायिका श्रेजु, र्‍यापर निर्णय एनएसके, डीजेएलएक्स पौडेल, शेखरलगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएकोसम्मका दृश्य समेटिएका छन् ।

गीतको भिडियो बाबाछोरी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।