देविका र बाबुलको मन पगालो तम्रै मायाले

काठमाडौं । गायिका देविका वन्दना र बाबुल गिरीको स्वर रहेको गीत ‘मन पगालो तम्रै मायाले’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक विशेष सामारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको सङ्गीत एवम् सङ्गीत संयोजन रहेको गीतमा शुसिल विक्रम शाहको माष्टरिङ र रेकडिङ छ । कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, यमन श्रेष्ठ, मेक्सम गौडेल र सुमन कार्कीलाई फिचरिङ गरिएको छ ।

दुर्गा पौडेलको डिओपी रहेको भिडियोमा तेजु वाइबाको श्रृङ्गार गीता श्रेष्ठको हेयर र मित्र डी गुरुङको सम्पादन छ । गीतको भिडियो देवीको वन्दना युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक समारोहमा अनुराधा कोइराला, मिणा राणा, उषा शेरचन, दिनेश डिसी, निर्मल शर्मा, हेम सुवेदी लगायतको आतिथ्यता रहेको थियो । १६ बढी एलबम ल्याएकी देविकाले भजन, फिल्म, आधुनिक, हिन्दी, मैथली, भोजपुरी, नेवारीसमेत गरेर एक हजारभन्दा बढी गीत गाएकी छन् ।