बबिनाको तिम्ले छोडी

काठमाडौं । प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । ‘तिम्ले छोडी’ बोलको गीतमा यही प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ ।

यो गीतलाई नेपालको पहिलो चारु गीत भनेर चर्चा गरिएको छ ।

गजलको ढाँचा अवलम्बन गरी गजल कै शैलीमा कुनै छन्द या लयमा बहेर लेखिने रचना चारु रहेको डाक्टर देवि पन्थीको तर्क छ । र, यो गजलको विकल्पमा गजल शुद्धीकरणका निम्ति प्रयोगमा ल्याइएको स्वतन्त्र विधा हो भनिएको छ । यही भावमा नेपालकै पहिलो भन्दै बबिनाले गीत सार्वजनिक गरेकी हुन् ।

बबिनाको स्वर संगीत रहेको गीतमा लक्ष्मी प्रसाद मिश्रका शब्द समेटिएको छ । बलराम समालले संगीत सम्योजन गरेको गीतको भिडियो कन्सेप्ट र निर्देशन झल्को कृएसनको रहेको छ । भिडियो बबिनालाई केन्द्रमा राखेर मेहेफिल शैलीमा बनाइएको छ । भिन्न प्रयोगको बबिना र समुहको यो प्रयासले संगीत क्षेत्रमा सकारात्मकता ल्याउने अपेक्षा गरिएको छ ।