राजेशपायलले गाए गाउँबेसी

काठमाडौं । गायक राजेशपायल राईको नयाँ गीत गाउँबेसी सार्वजनिक भएको छ । गीतकार केशव राईको शब्द रहेको गीतमा राई नवीनका संगीत छ ।

विशाल चौरारी टिभि युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका छन्, भने रेकर्डिङ, मिक्सिङ, मास्टरिङ योगेन मुकारुङले गरेका छन् । सरिता राई निर्माता रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । यो गीतको भिडियोमा क्यामेरा, इडिट, कलर तथा ड्रोन बिशाल राईको रहेको छ ।

सार्वजनिक भएको गीतको बारेमा बोल्दै राजेशपायलले गाउँघरको शब्दहरुले आफुलाई गाउमै पुर्‍याउने बताए । उनले भने ‘गाउँघर, भञ्ज्याङ चौतारीहरुलाई बिम्ब बनाएर लेखिएका शब्दहरुले मलाई औधी छुन्छ । गीतकार केशव राईले गाउँलाई मज्जाले खिपेका छन्’ राजेशपायलले भने । केशवले भने युकेमा बसेपनि गाउँघरकै याद आइरहन्छ ।’