सातौं वर्षमा टाइटान जिम एण्ड फिटनेस

काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित टाइटान जिम एण्ड फिट्नेस छैठौं वर्ष पुरा गर्दै सातौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर फिटनेसले एक कार्यक्रम गर्दै केक काटेर वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा गायक तथा सङ्गीतकार सत्यराज आचार्य, ललितपुर नगरपालिकाका मेयरका निजी सचिव इन्द्र बज्राचार्य, ललितपुर १४ वडाका अध्यक्ष अमृतजङ्ग महत, ललितपुर १६ वडा अध्यक्ष निर्मलरत्न शाक्य, डा. सुनिता मलेकु, डा. कपिन्द्र शेखर अमात्य, रिद्दिरत्न शाक्य र थ्रि स्टार क्लबका अध्यक्ष ज्ञानबहादुर शाक्यको विशेष उपस्थिति थियो ।

कार्यक्रममा टाइटान जिमले थ्रि स्टार क्लबसँग उनीहरुको फुटबल हुने समयमा फिट्नेसको ट्रेनिङ्ग दिने र त्यसबापत क्लबले आफ्नो जर्सीमा टाइटानको लोगो राख्नुपर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले आजको समयमा सबैले स्वास्थ प्रति सचेत रहनु पर्ने र दैनिक व्यायाम गर्नु पर्ने कुरामा जोड दिएका थिए । जिमका संचालक तथा नेपाल शारीरिक सुगठनका इन्टरनेशनल जजसमेत रहेका सुनिल राजकर्णिकार र उनकी पत्नी इरेन श्रेष्ठले सबै अतिथिहरुका खादा ओढाइदिएर स्वागत गरेका थिए ।