रत्नको श्री गुरु भुवानन्द ब्रम्हचारी

काठमाडौं । साहित्यकार रत्नकुमार इङ्नामको कृति ‘श्री गुरु भुवानन्द ब्रम्हचारी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम, ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा र प्रज्ञा परिषद सदस्य चेतन सापकोटा लगायतले कृति लोकार्पण गरे ।

कार्यक्रम संयोजक तथा चलचित्र निर्देशक उदय सुब्बाले स्वागत भाषण गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि मदन पुरस्कार बिजेता भगिराज इङनाम थिए भने विशेष अतिथि ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा, युवा नेता रमेश लिङदेन थिए । त्यस्तै अन्य अतिथिहरुमा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा, इन्द्रबहादुर चोङबाङ, चलचित्र निर्माता संघको सचिव किसान पोखरेल, मिक्तोक इङनाम लगायत थिए ।

‘श्री गुरु भुवानन्द ब्रम्हचा’ु पुस्तकको बारेमा बोल्दै अतिथिहरुले गुरु भुवानन्द ब्रम्हचारीको समाज र समुदायको उन्नतिको निम्ति उनले गरेको त्याग ज्ञान प्राप्तिको लागि गुरु भुवानन्द ब्रम्हचारी सिक्किम भुटान लगायत बिभिन्न स्थानमा भ्रमण गर्नुको साथै सबै लाइ चेतना र सन्देश दिएको थियो भन्दै घर्मले जहिले पनि समाज लाइ सकारात्मक दिशा तर्फ लैजान्छ भनेर आआफ्नो धारणा राखेका थिए । साहित्यकार रत्नकुमार इङ्नामको यो तेस्रो पुस्तक हो ।

लेखकले अन्त्यमा आफ्नो भनाइ राख्ने क्रममा पुस्तक लेखनको समयमा भएको अनुभव ‘श्री गुरु भुवानन्द ब्रम्हचारी’को महिमा र उनको योगदानको चर्चाको साथै समय सापेक्ष केहि कबिताहरु पनि सुनाएका थिए ।