यशराजसँग सरिताको बजाईदेऊ न बाजा

काठमाडौं । संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको नयाँ गीत बजाईदेऊ न बाजा यतिबेला रिलिज भएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट बिहिबार बेलुका रिलिज गरिएको हो ।

यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीत जती मिठो बनेको छ, भिडियो पनि त्यत्तिकै आकर्षक बनेको यसका संगीतकार बासकोटाले बताएका छन् । गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्शाईएको छ । उनीहरुबीच अथाह प्रेम भए पनि त्यो प्रेम सम्बन्धलाई परिवारले नरुचाएपछिको समस्यालाई यो गीतमा प्रस्तुत गरिएको गायिका सरिता भारतीले बताएकी छिन् ।

गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ । आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई केही वर्ष अघि गीतिसँग्रह ‘पहिलो भेटमै’मा सँग्रहित गरेर बजारमा ल्याईएको थियो । यो गीतको भिडियो बल्ल रिलिज हुनुको कारणबारे गायिका सरिताले भनिन्,‘त्यतिबेला कोरोना महमारीका कारण हामीले सामाजिक दुरी कायम गरेर गीतिसँग्रह पहिलो भेटमैको बिमोचन गरेका थियौं र विभिन्न रेडियो तथा एफएममा यो गीत हिट पनि भएको थियो । छायाँकन गरेर बल्ल भिडियोको रुपमा यो गीतलाई दर्शकमाझ ल्याईएको हो ।’

यो गीतको भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । सर्लाहीको अहिलेको चर्चित पर्यटकीय क्षेत्र भरत ताल, नुनथर लगायतको ठाउँमा छायाँकन गरिएको हो । त्यहाँको सुन्दर दृष्यले भिडियोलाई अझ आकर्षक बनाएको छ । यो गीतका रचनाकार डब्बु क्षत्रीले आफ्नो गीत र भिडियोले यतिबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको बताएका छन् ।

यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता यसराज गराचको अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडीलाई दर्शकले प्रसँसा गरेका छन् । गीतको कोरियोग्राफी कृष्ण रसालले गरेका हुन् । यसराज र सरितासँगै स्थानीय नृत्य कलाकारहरुलाई कृष्णले रमाईलोसँग नृत्यमा उतारेका छन्,‘यसपटक सर्लाहीको ४२ डिग्री सेल्सियस तापक्रममा यो भिडियोको छायाँकन गर्दा केही कलाकार विरामी पनि परेका थिए । तर अहिले भिडियोले राम्रो प्रतिक्रिया पाएको खुसी छु ।’कृष्णले भने ।

यो गीतको भिडियोमा प्रविण सुवेदीको छायाँकन, जीवन घिमिरेको ड्रोन, बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग सँयोजन, शर्मिला बुढाथोकीको सृँगार रहेको छ । भिडियोमा रेनु स्याङतानको कलाकार सँयोजन छ भने यसका कलाकारमा रेखा अधिकारी, सुष्मा परियार, कल्पना मगर, कमला थिङ, सविना बल र सविता गुरुङ रहेका छन् ।