लण्डन टु पेरिसको हतारले

काठमाडौं । प्रदर्शनरत फिल्म ‘लण्डन टु पेरिस’को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । मंगलबार युट्युबमा रिलिज गीतमा फिल्मका चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् ।

गीतमा सलिन मगरको शब्द, संगीत र स्वर रहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले दर्शकबाट राम्रो वर्डअफ माउथ पाएको छ । बिशेषगरी डेव्यु अभिनेता निश्चल र साम्राज्ञीको कमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । साथै कथावस्तुलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।