टर्कीमा प्रेमिल प्रदिप–प्रियंका

काठमाडौं । टर्कीको इस्तानबुलका सुन्दर लोकेशनमा छायांकन गरिएको फिल्म ‘लिलीबिली’को प्रेमभावको गीत ‘हावा सरी’ सार्वजनिक भएको छ । काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको गीतमा प्रदिप खड्का र प्रियंका कार्कीको रोमान्सलाई हेर्न सकिन्छ ।

एस.डी योगी र मेनुका पौडेलको स्वर रहेको गीतमा एस.डी योगीको संगीत, दिपेन्द्र घिमिरेको शब्द छ । मिलन चाम्स निर्देशित फिल्ममा गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सको लगानी छ ।फिल्ममा प्रदिप र प्रियंकाको अलवा नव–नायिका जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ । फिल्म चैत्र ३० गते रिलिज हुँदैछ ।