सुरको हेरी रहुँ तिमीलाई

काठमाडौँ। गायक तथा संगीतकार सुर रक्सको स्वर, शब्द तथा संगीत रहेको ‘हेरी रहुँ तिमीलाई’ बोलको गीतको भिडियोे सार्वजनिक गरिएको छ । दिपक पाण्डे (लक्की) को निर्देशनमा बनेको म्युजिक भिडियोको छायाँकन दिपक पाण्डे (लक्की) र मि म्याक्सले गरेका हुन् ।

भिडियोमा गायक तथा संगीतकार सुर रक्स र पुजा पाण्डे फिचर्ड छन् । केहि समय अघि मात्र आफ्नै शब्द सङ्गीत र स्वरमा आफ्नै युट्युब च्यानल मार्फत केटो भाग्यमानी बोलको गीत सार्वजनिक गरेका थिए।

विगत लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशिल सुर रक्सको यो भन्दा पहिले चलचित्र ‘ए साथी सुन’ को शिर्ष गित ‘ची मुसी चि’ मा ‘तिमिले माग्छौ भने मुटु’ सोही चलचित्रमा शब्द संगीत भएको ‘आउ आज मायाँको‘ नरिसाउँन प्लिज‘’ सार्वजनिक भईसकेका छन्।

उनका म्युजिक भिडियो जीवन सुनमा सुगन्ध‘मुटु र तिमिमा‘, तिमी रिसाउँदा‘ भुलौ जे भयो‘ ‘मैंले तिम्रो नाम लिएँ’र ‘केटो भाग्यमानी’ सहित नेपाली गीत संगीतमा सक्रिय सुर रक्सले २ दर्जन भन्दा बढी गीतमा स्वर,शब्द तथा संगीत भरि सकेका छन् । म्युजिक भिडियो सुर रक्स म्युजिक च्यानल मार्फत सार्वजनिक गरिएको छ । सुर रक्सको संगीतमा अन्य थुप्रै गीतहरु सार्वजनिक हुने क्रममा रहेको पनि उनले बताए।