महाभारत बनाउन डराइरहेका आमिर

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खानले हालै आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’का बारेमा विस्तृत बताएका छन् । उनले आफूले यो प्रोजेक्टमा काम गर्न किन डराइरहेका छन् भन्ने बारे खुलासा गरेका छन् ।

‘यो मेरो ड्रिम प्रोजेक्ट हो र मेरा लागि कुनै चुनौतिभन्दा कम छैन । मलाई डर छ कि यो बनाउँदा मबाट कुनै गल्ती नहोस् । यो एक ठूलो जिम्मेवारी हो । किनकी महाभारत हाम्रो लागि धेरै नजिक छ । यो हाम्रो रगतमा छ, जसकारण म सही तरिकाले बनाउन चाहन्छु’, उनले भनेका छन् ।

उनले भारतीयलाई गर्व गर्न लायक बनाउन र भारतमा के छ भन्ने कुरा विश्वभर देखाउन आफूले चाहेको बताए ।

आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘सितारे जमीन पर’मा काम गरिरहेका छन् । यो फिल्म सन् २००७ मा रिलिज फिल्म ‘तारे जमीन पर’को सिक्वेल हो ।