देशैभर संगीत स्टारको अडिसन

काठमाडौं । गायन र नृत्यमा नयाँ प्रतिभा खोजी गर्न देशैभर ‘संगीत स्टार २०१८’ को अडिसन हुने भएको छ । संगीत फिल्मस्को आयोजनामा हुँदै गरेको संगीत स्टारको दोश्रो संस्करणको केहि जिल्लामा अडिसन समेत सम्पन्न भईसकेको छ ।
कार्यक्रम निर्देशक संगीत बस्यालले लुकेर रहेका क्षमतावान प्रतिभाहरुलाई ‘पर्फेक्ट आर्टिस्ट’ बनाउने उद्देश्यका साथ संगीत स्टारको दोश्रो संस्करण सुरु गरेको बताए ।

जस अन्तर्गत पुर्वी नेपालको बिराटनगर, ईटहरीसँगै चितवन, हेटौँडा लगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भईसकेको छ । देशमा मुख्य मानिने १२ शहरमा अडिसन गर्ने घोषणा सहित सुरु भएको संगीत स्टारको दोश्रो संस्करणमा अब पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौँमा अडिसन हुन बाँकी छ ।

४ बर्षदेखि ६५ बर्षको उमेर समुहका जोकोहीले सहभागीता जनाउन सक्ने संगीत स्टारको विभिन्न शहरमा हुने अडिसनबाट पहिलो चरणमा ३० प्रतिभालाई छनोट गर्ने र त्यसपछि एक अर्को शहरसँगको समन्वयमा ३० कै जोडघटाउको आधारमा प्रतिभाहरु छनोट गरिने आयोजकले बताएको छ ।

अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्सतर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन् । पहिलो चरणको अडिसनमा हरेक शहरबाट दोश्रो राउण्ड सकिएसँगै तेश्रो राउण्डदेखि ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको ‘जजमेन्ट’को आधारमा र क्रमशः चौथो राउण्डमा ४० र ६० प्रतिशतको भोटिङ हुँदै १२ वटै शहरबाट उत्कृष्ट ३० प्रतियोगीलाई काठमाडौं ल्याईनेछ ।

त्यसबाट गायन र नृत्य दुबै विधाको ३०, ३० जना अन्तिम अडिसनको लागी छनोट हुनेछन् । जुन कार्यक्रमको प्रशारण सम्बन्धित शहरका स्थानिय टेलिभिजनसँगै काष्ठमण्डप टेलिभिजनबाट हुनेछ । फाइनल राउण्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको चयनको आधारमा अर्को चरण प्रवेश दिने बताईएको छ । यो भन्दा पहिले राजधानीमा नै ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीमा कम्तिमा डेढ महिना विधागत प्रशिक्षण दिईने बताइएको छ । विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक सहित युकेमा हुने ग्राण्ड सांगितिक कार्यक्रममा प्रमुख आकर्षको रुपमा उपस्थित गराउने आयोजकले बताएको छ ।