निर्मलाले ल्याइन् सलल बग्छ खोला यो

काठमाडौं । गायिका निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ ‘सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन् । जीवन सुखदुःखको संगालो भएको जीवन दर्शन व्याख्या गर्ने यो गीतलाई डाक्टर किरांतले लेखेका हुन्। शब्दसँगै गीतमा संगीत पनि उनले नै दिएका हुन् ।

सागर संसारको संगीत संयोजन रहेको गीतलाई बोधी एचडी यू्ट्यूव च्यानलमा रिलिज गरिएको छ । यसैगरी गीतको भिडियोलाई गोपाल कटुवालले निर्देशन गरेका हुन् ।

भिडियोमा समिता गिरि र भबिष्य कार्कीले अभिनय गरेका छन् । यस्तै शिव ढकालले छाँयाकन गरेको यस भिडियोलाई राम प्रसाद चौधरीले संपादन गरेका हुन् ।