ओस्कारमा अनोराको वर्चस्व

लसएन्जल्स । अमेरिकाको लसएन्जल्समा ओस्कार अवार्ड समारोह सम्पन्न भइसकेको छ । यो वर्षको अवार्डमा यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले सर्वाधिक पाँच विधामा अवार्ड जित्यो ।

यो फिल्मले ‘बेस्ट पिक्चर’सँगै निर्देशक सिन बेकरले ‘बेस्ट डिरेक्टर’, नायिका माइकी मेडिसनले ‘बेस्ट एक्ट्रेस’ जित्दा सम्पादन र मौलिक कथा विधामा पनि आफूलाई अब्बल बनायो ।

अभिनेता एड्रिअन ब्रोडीले ‘द ब्रुटलिस्ट’बाट ‘बेस्ट एक्टर’को अवार्ड जिते । यो फिल्मले ‘बेस्ट सिनेमाटोग्राफी’ र ‘बेस्ट ओरिजिनल स्कोर’को अवार्ड पनि जित्यो । अभिनेत्री जोई सल्दानाले ‘एमिलिया पेरेज’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड जितिन् ।

अवार्ड जितेपछि उनी निकै भावुक बनेकी थिइन् । ‘म डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, जसले यो अवार्ड जित्यो’, उनले भनिन् ।

ब्राजिलको फिल्म ‘आई एम स्टिल हेयर’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड चुम्यो । अवार्डमा ‘ड्युनः पार्ट २’ले ‘बेस्ट साउण्ड’ र ‘बेस्ट भिजुअल इफÞेक्ट्स’को अवार्ड जित्यो । अवार्डमा ‘विकेड’ले २, ‘एमिलिया पेरेज’ले २ र ‘ड्युनःपार्ट २’ले २ अवार्ड जिते ।

अमेरिकाको लसएन्जल्समा गत जनवरीमा भएको भीषण आगलागी पछि ओस्कार अवार्ड भएको हो । अवार्डको समयमा लसएन्जल्सको फायर फास्टरलाई स्टेजमा बोलाइएको थियो र उनीहरुको स्वागतमा कार्यक्रममा उपस्थितले उठेर ताली बजाएर धन्यवाद दिएका थिए ।