काठमाडौं । नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ । स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन् । आइडलको विजेता भएपछि करणले थुप्रै गीतमा स्वर भरेको भए पनि उनले पहिलो पटक आफ्नो सृजना सार्वजनिक गरेका हुन् ।
भिडियो सार्वजनिक गरेपछि करण भन्छन, ‘अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरु सार्वजनिक गर्नेछु । केहि नयाँ तयारी पनि भैरहेको छ।’
रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको वान टेक भिडियोमा करण र रोहित फिचर्ड छन् । भिडियोको डीओपी सुशान ठटाल हुन् भने भिडियोमा पंकज महराको छायांकन छ । भिडियोमा सुशील घिमिरेको सम्पादन र कलर छ ।






