शान्तिश्री र शिवमको राख मनैमा

काठमाडौं । शान्तिश्री परियार र शिवम् भण्डारीको स्वरमा रहेको गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ । दिवस नाथ र शिवमको शब्द, शिवमकै संगीत र श्यामश्वेत रसाइलीको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना विश्वकर्मा र दिवसकै अभिनय छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको दृश्य सम्पादन एवं कलरिङ छ । भिडियो दिवसको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा आफूले माया गरेको मान्छेलाई मनैमा राख्न आग्रह गरिएको छ । लोकल टिपिकल शब्द रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि राम्रो बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत श्रोतारदर्शकमाझ ल्याएका छौ सबैले मन पराइदिनुहुनेमा आशावादी छौ’, दिवसले भने ।