काठमाडौं । गायक सुगम पोखरेलले ‘यति छिटो’ बोलको गीत सार्वजनिक गरेका छन्। भुषण खरेको शब्द रहेको उक्त गीतमा जेम्स प्रधानको संगीत छ ।
करिब २ दशक अघि नै रेकर्ड गरिएको यो गीत गीतकार भुषण खरेलको जन्मदिनको अबसर पारेर सार्वजनिक गरिएको हो। गीतकार भुषण खरेलका म रोए पनि तिमी हासिदिनु’, ‘कति बस्छौ ओढि लाजको घुम्टो’, ‘बिहानी पहिलो किरण’ लगायतका गीत चर्चित छन् ।
गीतको भिडियोमा सुगमसँगै सबिना राउतको अभिनय छ । भिडियोमा दिनेश थापाको छायांकन, सम्पादन र निर्देशन छ । गीतको भिडियो सुगम पोखरेलको युटुब मार्फत सार्बजनिक गरिएको हो ।