फरक फ्लेबरमा सत्यकृतको गीत

काठमाडौं । सत्यकृत ब्याण्ड नेपालमा अन्य ब्याण्ड भन्दा फरक छ । यसले, मानवका, भगवानका कुरा गीत मार्फत गर्छ । यही मेसोमा वुद्ध जयन्तीको अवसर पारेर ब्याण्डले नयाँ गीत रिलिज गरेको छ ।

समाजमा मानव हृदयमा सद्भाव र सकारात्मक उर्जा संचार गर्ने हेतुले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले बौद्ध जयन्तीको अवसर पारेर ‘आउँ फर्केर’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।

सत्याकृत ब्याण्ड नेपालको एक मात्र अध्यात्मिक सांगीतिक व्याण्ड हो । यो ब्याण्डले पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलकिा गीतहरुलाई प्रस्तुत गर्दै आएको छ । यो ब्याण्डले इश्वर भक्तिपरक भजनहरु, गुरुज्ञानमय गीतहरु पस्कदै आएको छ ।  यो गीतमा श्री हजुरको शब्द छ । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।