राजनको पञ्चेबाजामा ‘मनको थैली’

काठमाडौं । नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलिक बाजा हो पञ्चेबाजा । यो बाजामा आधारित रहेर गायक राजन ठकुरीले ‘मनको थैली’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् ।

दर्शन डिजिटलको प्रस्तुतिमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन् भने शब्द पनि उनी आफैले लेखेका छन् ।

भिडियोमा हमाल म्युजिक प्रालिका सञ्चालक तथा निर्देशक सज्जन हमालले निर्देशन गरेका छन् । विवश ठकुरी र विनु खड्काको अभिनय रहेको छ । गीतमा शम्भु चालिसेको छायांकन र सुजन शाहीको सम्पादन छ ।