काठमाडौं । राजधानीमा भएको ११ औं उपत्यकाव्यापी अन्तरविद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को एड स्कुलका आयन थापाले उपाधि जितेका छन् ।
काठमाडौं उपत्यकाका ३४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कोटदेवी पब्लिक स्कुलका समिपन राई द्वितिय र अमर इंगलिस स्कुलका जेसिका श्रेष्ठ तृतीय भए ।
गीत रचनातर्फ रिलायन्स को एडका लेखु सहयात्री प्रथम, न्युटन स्कुलका रामबहादुर केसी द्वितिय र कौशल इंगलिस बोर्डिंग स्कुलका शिवप्रसाद अर्याल तृतीय भए । यस्तै संगीततर्फ अमर इंगलिस स्कुलका सागर गौतम प्रथम, मनास्लु स्कुलका नारायण लामा द्वितिय र रिलायन्स को एडका राजन खतिवडा तृतीय भए ।
बसुन्धारा नेसनल ऐकेडमीको आयोजना र हेमन्त शर्माको आतिथ्यता एवं प्रकाश सायमीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गायन प्रतियोगिताको निर्णायकहरुमा संगीतकार महेश खड्का, संगीतकार भानुभक्त ढकाल र गीतकार होम न्यौपाने थिए ।






