काठमाडौँ । जेनजी प्रदर्शनमा ज्यान गुमाएका जेनजी सहिदहरूको सम्झनामा ‘मिसेस नेपाल वल्र्ड २०२५’का प्रतियोगीहरूले संघीय संसद् भवन परिसर नयाँबानेश्वरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीहरूले सहिदहरूको बलिदानलाई नमन गर्दै भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध हुने संकल्प गरे । सुन्दरीहरूले सहिदहरूको योगदानले नयाँ पुस्तामा आशा र परिवर्तनको प्रेरणा जगाउने विश्वास व्यक्त गरे ।
मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिका प्रमुख निशुकान्त झाले श्रद्धाञ्जली कार्यक्रम केवल सहानुभूति मात्र नभई भ्रष्टाचारविरुद्धको साझा आवाज रहेको बताए ।स्थानीय युवा र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको कार्यक्रम केही समय भावुक बनेको थियो । सहभागीहरूले केही क्षण मौन धारण गर्दै मृतात्माको चिरशान्तिकोसमेत कामना गरेका थिए ।
‘मिसेस नेपाल वल्र्ड २०२५’मा चितवनकी सञ्जु भट्ट, खोटाङकी इमायुङ राई, सुझाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीकी कञ्चन झा, ललितपुरकी श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, रञ्जना बुढाथोकी, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरकी पुजन ढकाल, काभ्रेपलाञ्चोककी अरुणा लामा, नेपालगन्जकी एलिना केसी, सुदूरपश्चिमकी विद्या चौहान, रामेछापकी निर्मला सुनुवार, लुम्बिनीकी तारा खनाल र रक्षा पन्त, इटहरीकी दीपिका तामाङ, तेह्रथुमकी सुम्निमा खापुङ, कीर्तिपुरकी विनिता अधिकारी, नवलपरासीकी गंगा लामिछाने, स्याङ्जाकी विष्णु भण्डारी, मकवानपुरकी सरस्वती विश्वकर्मा, काठमाडौँकी सजनी जोशी, सुमिना महर्जन र विष्णु तिमिल्सिना, भक्तपुरकी सुभाना रोक्का र झापाकी करुणा श्रेष्ठ प्रतिष्पर्धी छन् ।






