लुनाज कलेक्सन र नेल स्टेसनको शुभारम्भ

भक्तपुर । यहाँको कौशलटारस्थित तेर्साटारमा लुनाज कलेक्सन तथा नेल स्टेसनको सुरुआत भएको छ । विश्वकर्मा पूजाको अवसर पारेर बुधबारदेखि सञ्चालनमा आएको स्टेसनको फेसन आइकन, कोरियोग्राफर तथा कलाकार हटिनटी अनु श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितकार, वडा–३ का अध्यक्ष कृष्णहरि श्रेष्ठ, सामाजिक अभियन्ता सहिम शाह, गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठ, सिनियर कस्मेटोलोजिस्ट तथा जिएम ब्युटी सैलुनकी सञ्चालिका मन्दिरा खड्कालगायतले शुभारम्भ गरे ।

कलेक्सनकी प्रबन्ध निर्देशक स्नेहा श्रेष्ठले लुनाज कलेक्सनमा नयाँ तथा थ्रिफ्ट लुगासँगै ज्वेलरी, एसेसोरिज र जुत्तासहितका फरक–फरक कलेक्सन उपलब्ध हुने तथा यी सामग्रीहरू भाडामा समेत पाइने सुविधा रहेको बताइन् । ‘फेसन युगमा महिला वा पुरुष जसले पनि आफूलाई मनपर्ने स्टाइल सहज, सुलभ र सुपथ मूल्यमा छान्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यही मान्यताअनुसार लुनाजले सम्पूर्ण फेसन कलेक्सन एकै छानामुनि उपलब्ध गराएको छ,’ उनले भनिन् ।

श्रेष्ठले नेल स्टेसनमा नङसम्बन्धी सम्पूर्ण सेवा लिन सकिने बताइन् । उनका अनुसार इच्छुकका लागि बेसिकदेखि एड्भान्स स्तरसम्मका नेल कोर्ष पनि पढाइन्छ ।