काठमाडौँ । नेक्स्ट मोडल्स नेपालको आयोजनामा आज शनिबार राजधानीमा हुन लागेको ‘मिस्टर नेपाल २०२५’को ग्रान्ड फिनालेका लागि ३० युवा छानिएका छन् । संस्थाका सिइओ रवि धमलाका अनुसार प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
फिनालेका लागि नेपालगन्जका कृष्ण कसुधम र कुशग्र गुप्ता, महेन्द्रनगरका इन्द्र ढुंगेल, धनगढीका रेजोनकुमार गौतम र अजय रिजाल, नुवाकोटका सन्देश गजुरेल, कञ्चनपुरका निशान्त बुढायर, काठमाडौँका सत्यम पाठक, प्रणिप श्रेष्ठ, सक्रिय घिसिङ तामाङ, सन्दीप भारती, मकवानपुरका निश्चल मानन्धर र विजय स्याङ्तान, सुनसरीका अजय रौनियार र अशिम बस्नेत, झापाका गिरिशरत्न शाक्य, धरानका एञ्जल गिरी, ललितपुरका अष्टिन शेरचन छानिएका छन् ।
त्यस्तै अमेरिका बस्ने आशिष गिरी, पोखराका दर्पणसिंह गिरी, स्याङ्जाका दिनेश गुरुङ, ललितपुरका हिमाञ्चलराज केसी, विराटनगरका निशान कार्की, उदयपुरका सबल कटुवाल, इटहरीका विशनजंग निरौला, भैरहवाका सुजल उपाध्याय, मोरङका प्रकाश चौहान, सुर्खेतका निशान्त केसी, बैतडीका लक्ष्मणचन्द ठकुरी बैतडी र नेपालगन्जका प्रभात थापा क्षेत्री अन्तिम प्रतिष्पर्धी छन् ।
प्रतियोगितामा ‘मिष्टर वल्र्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर ३ विजेता छानिनेछन् । विजेताले ‘मिस्टर वल्र्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन् ।नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले सबै प्रतियोगीलाई स्विमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका विषयमा प्रशिक्षण दिइएको बताइन् । यो प्रतियोगिता सन् २००१ देखि हुँदै आएको छ ।






