हरिबहादुरको जुत्ता हेर्दा सेन्सरका सदस्य भावुक

काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’ को सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। अब यो फिल्म सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका कार्यसमितिका सदस्य फिल्मको क्लाइमेक्स हेरेर भावुक बनेका थिए। फिल्म हसाउदा हसाउदै भावुक बनाउने बनेको सेन्सर बोर्डका सदस्यले प्रतिक्रिया दिएका थिए।

दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्णबहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।