सम्झनाका पलमा सूर्य र रविना

काठमाडौं । राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र विवेक दोङको स्वरमा रहेको गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता(दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

गोविन्द सोनीको मिक्सिङरमाष्टरिङ, विशाल योञ्जनको रेकर्डिङ रहेको गीतलाई मुर्चुंगा स्टुडियोमा रकर्ड गरिएको हो । अडियो तथा भिडियो दुवैलाई सदिक्षा फिल्मले प्रस्तुत गरेको छ ।

अमर ओलीको निर्देशन रहेको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । ज्ञानकुमारको कट्टेलको सम्पादन तथा रंग संयोजन पदम सुवेदी, मेकअप आर्टिष्ट मिरा लामा र पोस्ट(प्रोडक्सन सदिक्षा फिल्मस्ले गरेको हो । गीतको भिडियोलाई सदिक्षा फिल्मस् युटुबमार्फत हेर्न सकिन्छ ।