बेनिशाको लहर झैंमा सरिता

काठमाडौं । गीतकार डब्बु क्षत्रीको रचनामा नयाँ गीत ‘लहर झैँ’ दर्शकमाझ आएको छ । यस पटक बडा दसैँको अबसर पारेर हालै यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । गीतमा गायिका बेनिसा पौडेलको स्वर जुगल डंगोलको संगीत रहेको छ ।

गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । यो गीतको भिडियोलाई ‘एसबी क्रिसेसन नेपाल युट्युव च्यानल’बाट रिलिज गरिएको छ । भिडियो निर्देशन पनि गीतकार डब्बु क्षत्रीले गरेका हुन् भने भिडियोको निर्मातामा विलक्षण क्रियसन रहेको छ ।

गीतमा एउटा युवतीको उत्साह, ती युवतीको स्वतन्त्रता र चरी झैँ उडन चाहने उनका चाहनाहरुलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोका सम्पूर्ण दृष्य मलेशियामा छायांकन गरिएको हो । गीतको भिडियोमा मोडल एवम् गायिका सरिता भारतीले अभिनय गरेकी छिन् । एक युवतीको चाहनामा गीत केन्द्रित भएकाले भिडियोमा पनि सरिताको एकल अभिनय प्रस्तुत गरिएको हो ।

मलेशियाको समुन्द्र किनार देखि विभिन्न रमणीय स्थलमा यो भिडियोलाई यात्रा शैलीमा छायांकन गरिएका यसका छायांकन एवम् फोटो पत्रकार बद्री थापाले बताए । गीतको सम्पादन तथा रंग संयोजन बीरेन्द्र भाट ‘बिपिन’ले गरेका हुन् ।