कहाँ भेटिएला निर्माण घोषणा

काठमाडौं । गत १३ असोजबाट प्रदर्शनरत फिल्म ‘माइतीघर’का निर्देशक मिलन तामाङले नयाँ फिल्म ‘कहाँ भेटिएला’ निर्माणको घोषणा गरेका छन् । निर्देशक तामाङका अनुसार आगामी २० चैतबाट छायांकन सुरु हुने फिल्मको काम २०८३ को जेठ अन्त्यमा हुनेछ । उनले फिल्मका गीत भने माघ महिनामा छायांकन गरिने बताए ।

निर्माण पक्षले फिल्मका कलाकार र प्राविधिकबारे केही खुलाएका छैनन् । ‘अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ,’ उनले भने, ‘केही दिनमा फिल्मको कलाकार र प्राविधिकहरूको बारेमा जानकारी दिनेछौँ ।’फिल्म ‘माइतीघर’बाट निर्देशनमा डेब्यु गरेका मिलन ‘कहाँ भेटिएला’बाट निकै उत्साहित छन् ।

मिलन फिल्म, एनिमेसन, क्लासिकल म्युजिक र अभिनयमा पारंगत छन् । ‘माइतीघरबाट अहिले जुन किसिमको दर्शकको माया पाइरहेको छु, कहाँ भेटिएलामा यो भन्दा अझ बढी माया पाउनेमा विश्वस्त छु’, उनले भने ।