काठमाडौं । निर्देशक बबिता श्रेष्ठले तिहार लक्षित गीत ‘निधार खाली भो’को भिडियो सार्वजनिक गरेकी छन् । तिहारको बेला आफ्ना दाजुभाई परदेशबाट नफर्किंदा घरमा दाजुभाईको प्रतिक्षामा बसेकी चेलिको अगाडी एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मश्पर्शी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ ।
जसमा बिमल अधिकारी, बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी, नव थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।
दिनेश सुवेदीको शब्द, कमल घले र जुनु प्रसाईको स्वर, सन्तोष प्रगाढको संगीत रहेको गीतको भिडियोमा पोष्टर राजेन्द्र पुरी, सम्पादन विकास दाहाल, छायांकन मुकेश हुमागाई टिमको रहेको छ ।






