आक्रामक प्रचारप्रसारमा मन बिनाको धन

काठमाडौं । आगामी कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ । निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। राजधानी काठमाडौंसहित देशका प्रमुख सहर पोखरा, चितवन, नेपालगन्ज, इटहरी लगायत पूर्वमा इ–रिक्साका साथै अटोलाई ‘मन बिनाको धन’ मय बनाइएको छ । देशका मुख्य मुख्य सहरमा चलचित्रका ठुला ठुला होडिङ बोर्ड लगायर फिल्मको प्रचारप्रसार गरिएको छ ।

फिल्मका निर्माता तथा निर्देशक टंक बुढाथोकीले फिल्म मात्रै नभए अभियान भएको बताउदै देशैभरि फिल्मको व्यापक प्रचारप्रसार सुरु गरेको र तिहार लगत्तै ट्रेलर र गीतहरु सार्वजनिक गर्ने जानकारी दिए ।

बाटोमा गीत गाउदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस फिल्ममा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्ममा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए।आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।