तिहारलाई राजेशपायल र अन्नुको हाँसीदेऊ न प्रिय

काठमाडौँ । तिहारको अवसरमा आरएस इन्टरटेनमेन्ट जेपीद्वारा प्रस्तुत नयाा गीत ‘हाँसीदेऊ न प्रिय’ सार्वजनिक भएको छ । सञ्जुषा शाहीको प्रस्तुतकर्ता रहेको गीतले प्रेम, संवेदना र उत्सवको भावनालाई एकसाथ जोड्दै तिहारको माहोलमा नयाँ रौनक भरेको छ ।

गीतमा गायक राजेशपायल राई र गायिका अन्नु चौधरीको स्वर, बीबी थापाको शब्द र मनोज चौलागाईंको संगीत संयोजन छ । भिडियोमा राहुल शाही ठकुरी र प्रियंका कार्कीको अभिनय छ । भिडियोको निर्देशन नितिन चन्द र नमित चन्द ठकुरीले संयुक्त रूपमा गरेका छन् ।